सुन, चाँदीको मूल्य बढ्यो

काठमाडौं— आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० ले वृद्धि भएको छ। त्यस्तै चाँदी पनि मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ५०० मा कारोबार भइरहेको छ। त्यस्तै चाँदी प्रतितोला दुई हजार २५ मा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो। बुधबारदेखि सुनको मूल्य नेपालमा निरन्तर बढेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *