जम्मू कश्मीरमा सुरक्षाबल र अतिवादीहरूबीच मुठभेड

काठमाडौं— जम्मू कश्मीरको किश्तवाडमा सुरक्षा बल र आतंककारीहरूबीच मुठभेड भएको छ।

भारतीय सेनाले भनेको छ,‘जम्मू कश्मीर प्रहरीसँगको संयुक्त कारबाहीमा सुरक्षा बलले चतरु क्षेत्रमा आतंककारीहरूलाई घेरेको छ। सेना र सुरक्षा बलको संयुक्त कारबाही अझै जारी छ।’

भारतीय सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको जनाएको छ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आतंककारीहरूविरुद्धको कारबाही जारी छ र थप सुरक्षा बलहरू पनि घटनास्थलमा पठाइँदैछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *