गृहका सहसचिव पक्राउ, मानव तस्करसँग साँठगाँठको आशंका

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ।

प्रमाणहरू फेला परेपछि तीर्थराज भट्टराईलाई पक्राउ गरिएको र मोबाइल जफत गरिएको छ। आयोगले अनुसन्धानका लागि थप कागजात र मोबाइल जाँच गरिरहेको छ।

भट्टराई पक्राउ परेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको छ ।

त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो ।

अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारिरहेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताएनन् ।

उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *