प्रहरीको गाडीबाटै भागे थुनुवा
काठमाडौं— जिल्ला प्रहरी परिसर भद्रकाली,काठमाडौंको गेटबाट एकजना थुनुवा फरार भएका छन् । परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार अभ्रद व्यवहार मुद्दामा पक्राउ परेका उनी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा थिए ।
आज म्याद थपका लागि अदालत लैजाने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको गेटमा थुनुवासहितको गाडी रोकिएको थियो । गाडीमै रहेकै उनी प्रहरीको आँखा छलेर भागेका हुन् ।
उनलाई अहिलेसम्म प्रहरीले भेटाएको छैन । फरार हुनेमा दोलखा घर भएका २४ वर्षीय निशान परियार हुन्। उनी स्वयम्भु क्षेत्रमा झगडा गर्ने क्रममा पक्राउ परेका थिए ।
उनी विरुद्ध अभ्रद व्यवहारको कसुरमा जाहेरी परेको छ ।
Facebook Comment