हिजो उच्च अंकले बढेको सेयर बजार आज घट्यो
काठमाडौं— हिजो उच्च अङ्कले बढेको सेयर बजार आज भने घटेको छ । नयाँ गभर्नर नियुक्तिपछिको पहिलो दिन सेयर बजार परिसूचक नेप्से ‘प्रि–ओपनिङ’ मा ३७ दशमलव ७९ अङ्कले बढे पनि बन्द हुने बेलामा भने घटेको हो ।
नेप्से ७ दशमलव ९४ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ५१ विन्दुमा झरेको छ । नेप्से दिउँसो ११ बजेर ३ मिनेटमा २ हजार ७ सय ७१ विन्दुसम्म पुगेको भए पनि टिक्न सकेन ।
आज बैंक, विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेकोमा जलविद्युत् समूहको सेयर १ प्रतिशतले ओरालो लागेको छ ।
आज श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको सेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता सेयर १० अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।
Facebook Comment