सार्वजनिक लेखा समितिमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनबारे छलफल हुनेछ ।

यसअघि वैशाख २१ गते बसेको बैठकमा राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि सांसदहरूलाई वितरण गरिएको थियो ।

लिङ्देन नेतृत्वको समितिले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा १४ अर्ब लागतको विमानस्थल २२ अर्ब रुपैयाँमा निर्माण गरी सोझै अनियमितता गरेको उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *