सर्लाही जाँदै गरेको भ्यान छैसठ्ठी मोडमा दुर्घटना, १४ जना घाइते

काठमाडौं— चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएको छ ।

आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।उनीहरूलाई उपचार गर्न हेटौंडा अस्पताल पुर्‍याइएको अर्यालले बताए ।

घटनास्थलमा रहेको प्रहरी टाेलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेहरूको उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चौकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *