भदौ ६ मा जनै हराएको बाहुनः सम्बन्धका धागाहरु
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार फिल्मको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो ।
सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ ।
सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ । सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन । यदि, मुख्य पात्र हुन् भने विजय बराल हुन् ।
दुब्लोपातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाइजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । किनकी नेपालमा ठूलो हवाइजहाजको दृश्य वैदेशिक रोजगारीको बिम्व हो ।
यो फिल्म आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव फर्ष्ट लुकमा देखाउने प्रयास गरिएको छ ।
फिल्म छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनमा छ । फिल्ममा हिमाल न्यौपानेको निर्देशन छ । यो उनको डेव्यु निर्देशन हो । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा बोल्नेछ ।
फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको छायांकन रहेको छ । फिल्मका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।
Facebook Comment