महाराजधिराजमा वर्षा राउत अनुबन्ध

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । फिल्ममा यसअघि नै वर्षा शिवाकोटी, आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका छन् । फिल्ममा जयकिशन बस्नेत पनि जोडिएका छन् ।

‘महाराजधिराज’मा परिच्छेद सेनको निर्देशन रहनेछ । यो फिल्म फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *