विराटनगर पुगेर गृहमन्त्रीले भने- शासन व्यवस्था विरोधी गतिविधि सह्य हुँदैन
काठमाडौं— गृहमन्त्री रमेश लेखकले संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य नहुने बताएका छन् ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने विषयमा कसैसँग सम्झौता नहुने पनि बताए । साथै उनले अपराधमा संलग्न कसैलाई पनि नछाड्न सुरक्षा निकायलाई निर्देशन दिए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजका हरेक क्षेत्रमा देखिएको विकाससँगै चुनौती पनि थपिएकाले त्यसतर्फ सुरक्षा निकायको विशेष ध्यान जानुपर्नेमा जोड दिए ।
सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीसहित नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख निर्देशक हुतराज थापा, कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ।
Facebook Comment