नरसिंहाः अवतारको अष्ट्रेलिया अधिकार बिक्री

काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को अष्ट्रेलिया अधिकार बिक्री भएको छ । फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले फिल्मको ट्रेलर रिलिज भएसँगै विदेशबाट फिल्मको माग उच्च आइरहँदा अष्ट्रेलियामा फिल्म बिक्री भएको बताएका छन् ।

यो फिल्मको अष्ट्रेलिया बिक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । फिल्मलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्–‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं ।’

वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने बताइन् । नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *