प्रेमी विश्वसँग कुसुम इन्गेज्ड

काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमी विश्व अधिकारीसँग इन्गेजमेन्ट गरेकी छन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गरेकी छन् ।

केही महिनाअघि युट्युब अन्तर्वार्तामा कुसुले आफू र विश्वबीच गम्भीर प्रेम रहेको र चाँडै विवाह गर्न लागेको बताएकी थिइन् ।

कुसुमले मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’बाट फिल्ममा डेब्यु गरेकी थिइन् । सकम्बरीपछि उनको म्युजिक भिडियोमा व्यस्तता बढेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *