बाढीमा बेपत्ता महिलाको खोजी चल्दै

काठमाडौं— काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सोमबार बेलुकादेखि अवरुद्ध भएको बीपी राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ ।

सोमबार माम्ती भन्ने ठाउँमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्थायी डाइभर्सन बनाएर गाडी चल्न सक्ने बनाइएको छ ।

यसैबीच काभ्रको पनौती नगरपालिका–५ मा रहेको ढलमल खोलामा आएको बाढीमा परेर बेपत्ता भएकी महिलाको खोजी भइरहेको छ । सोमबार बेलुका खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन ।

गिरीको खोजीका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । खेतबारीबाट काम गरी घर फर्कने क्रममा उनलाई बाढीले बगाएको हो ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि वर्षाले पुर्‍याएको क्षतिको अवलोकन गरी क्षतिपूर्ति तिर्न र बेपत्ताको खोजीमा तदारुकता देखाउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *