शिवांशः च्याप्टर १ को छायांकन सुरु
काठमाडौं । फिल्म ‘शिवांशः च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी फिल्मको छायांकन सुरु भएको हो ।
फिल्मका निर्माता अञ्जान केसीले पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना फिल्म खिचिने बताए ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोषकुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो ।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा छ । फिल्ममा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।
फिल्मको कथा अञ्जान केसीले लेखेका छन् । फिल्मको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
केही समय अगाडि निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए । उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो ।
फिल्म असोज २४ गते रिलिज हुनेछ । फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।
फिल्ममा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियोग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने फिल्ममा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरीको रहनेछ ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको फिल्ममा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुनेछन् । कस्ट्युम कमल मिश्रको हुनेछ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको रहनेछ ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहने फिल्ममा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहने फिल्मका कार्यकारी निर्माता शम्भू थापा हुन् ।
चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।
Facebook Comment