के घर के डेराः घर नं २ लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेराः घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।

सेन्सर बोर्डमा फिल्म प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो । फिल्मका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली फिल्म हेर्न पाएको अनुभव सुनाए ।

यो फिल्म जेठ २ गतेदेखि रिलिज हुँदै छ । फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *