लुम्बिनीमा आयोजित बुद्धजयन्तीको कार्यक्रममा प्रधानमन्त्रीले के भने {पूर्णपाठ}

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेशको पालना गरे विश्वमा शान्ति छाउने बताएका छन्। बुद्धले दिएका शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताउँदै उनले भारत पाकिस्तानको द्वन्द्वलाई स्मरण गरेका छन्। प्रधानमन्त्रीले भनेका छन्,‘ झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ।‘
लुम्बिनीमा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ
२६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू,
श्रद्धेय स्वदेश तथा विदेशका संघ गण, माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका महामहिम राजदूत पत्रकार मित्रहरु, आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु।
बुद्ध जुन ठाउँमा जन्मिनु भएको थियो। आज हामी त्यस पवित्र पुण्यभूमिमा, जहाँबाट शान्तिको सन्देश विश्वमा छर्ने एउटा महामानव, जसलाई हामी भगवान बुद्ध भन्छौं। उहाँको आजभन्दा २६४९ वर्ष अगाडि अथवा २६४८ वर्ष पूरा भएर बुद्ध जन्मिएको दिन आज २६४९ वर्ष लागेको छ। तसर्थ त्यही भूमिमा आज २६४९ औं वर्ष शुभारम्भ भएको बुद्धको जन्मजयन्ती मनाइरहेका छौं। उहाँको जन्म ईशापूर्व ६२३ मा भएको थियो। त्यसको ३५ वर्षपछि उहाँले बुद्धत्व प्राप्त गर्नुभएको थियो। र जन्मको ८० वर्षपछि उहाँको निधन भएको थियो। निधन भएको आज २५६८ वर्ष पूरा भएर २५६९ वर्ष लागेको छ। जसलाई हामी महापरिनिर्वाणको दिन भनेर बुद्धसम्वतको रुपमा मनाइरहेका छौं।


एउटा कुरामा अन्योल हुनु हुँदैन। बुद्धसम्वतको हिसाबले आज २५६९ औं बुद्धसम्वत हो। बुद्ध जन्म जयन्तीका हिसाबले २६४९ औं बुद्धजयन्ती हो। यसमा कुनै दुविधा हुनु हुँदैन, किनभने उहाँको जन्म इशापूर्व ६२३ मा भएको थियो। यो अहिलेभन्दा २६४९ वर्ष अगाडि हुन जान्छ। त्यही पवित्र भूमिमा आज हामी मानव जातिको सुख, विश्व शान्तिको पक्षमा बोलिरहेका छौं। र, त्यही बुद्ध चिन्तन र दर्शनको उद्गमस्थलमा आज हामी यस सन्दर्भमा छलफल गरिरहेका छौं। पहिलो कुरा, म सरकारको तर्फबाट भन्न चाहन्छु, यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो। २०७३ सालमा बुद्धजयन्ती मनाउन यहाँ आउदा कुनै पनि सभा मनाउने संरचना थिएन। हामीले पाल टाँगेका थियौं। बिहानपखको हुरी, बतास र पानीले पाल पनि उडाइदियो, हामीले कार्यक्रम गर्ने भनेको ठाउँ पनि हिलाम्य भयो, सबै सहभागीहरुको जुत्तामोजा भिज्ने नै भयो तर पाइन्ट पनि हिलाम्मे पारेर त्यहाँ गएका थिए। त्यसपछि मैले भनेको थिएँ, अर्को वर्ष हामी कमसेकम तीन हजार जना बस्न मिल्ने अस्थायी हल निर्माण गरेर त्यसभित्र आनन्दले कार्यक्रम गर्नेछौं भनेर। तर, अर्को वर्ष आएन, अलिकति पछाडि म सरकारबाट हटें। त्यसको तीन महिना जति पनि भएको थिएन होला। त्यो काम बाँकी नै थियो र म २०७४ सालमा सरकारमा आएपछि २०७५ को बुद्धजयन्ती मनाउन पर्ने भयो। म २०७४ फागुनमा सरकारमा आएको थिएँ र मैले २०७५ वैशाखमा बुद्धको जन्मजयन्ती मनाउनका लागि तीन हजार क्षमताको एउटा हल तत्काल निर्माण गर्ने प्रबन्ध गरेँ र तीन हजार अट्ने हल निर्माण गर्‍यौं र त्यसमा कार्यक्रम मनायौं। त्यसपछि मैले यो पाँच हजार क्षमताको हलको सुरुवात गरेँ। तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने तर अगाडिकाले बोलेको नबुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नु पर्ने यस्तो हल भनेको थिएन। त्यसकारण म तपाईंहरुलाई भन्न चाहन्छु, अर्को वर्ष हामी यस ठाउँमा अन्तर्राष्ट्रियस्तरको बुद्धजयन्ती २६५० औं बुद्धजयन्ती मनाउने छौं र त्यति बेला यो इकोसिस्टम नसुुन्ने होइन, छर्लङ्ग सुन्ने गरिको इकोसिस्टम विकास गरेर यस ठाउँमा कार्यक्रमको आयोजना गर्ने छौं। म तपाईंहरुलाई त्यो भनेर निवेदन गर्न चाहन्छु। यसपटक नबुुझे पनि राम्रै भनेका होलन् भन्ने ठानेर चित्त बुझाउन आग्रह गर्न चाहन्छु।
बुद्धको सन्दर्भमा विचार गर्दा बुद्धका शिक्षाहरु त्रिपिटकको निर्माण र त्यो निर्माण नभएको भए यदि महाकास्यप, आनन्द, उपीतजस्ता उहाँका शिष्यहरुले अठोट गरेर पाँच सय भिक्षुहरुलाई जम्मा गरेर सात वर्षसम्म बुद्धका शिक्षाहरुका बारेमा संग्रह गर्ने र तिनीहरुलाई कति भागमा बाँड्न सकिन्छ भन्दा तीन भागमा बाड्न सकिन्छ भने, त्रिपिटक अथवा तीन बास्केटमा बाँड्न सकिन्छ, ती शिष्यहरुले तीन वटा बास्केटमा बाँड्नुभयो। ती सम्पूर्ण बुद्ध शिक्षाहरु, त्रिपिटक बुद्ध शिक्षाहरु कण्ठ गर्न सात वर्ष लाग्यो। सात वर्षमा पाँच सय भिक्षुले कण्ठ गरेर उहाँहरु शिक्षा बाँड्न हिंड्नुुभयो। म भिक्षु आनन्दप्रति आभार र कृतज्ञता व्यक्त गर्न चाहन्छुु। कि भिक्षु आनन्द तक्षशीलामा गएर लिपिहरु सिकेर, गणितहरु सिकेर उहाँले त्रिपिटकलाई पहिलो पटक भोजपत्रमा लेखेर लिखितरुपमा राख्नुुभयो। जसरी वेदलाई वेदव्यासले अलिखित श्रुति र स्मृतिको परम्पराबाट लिखित चार वेदमा रुपान्तरित गर्नुभयो। त्यसैगरी भिक्षु आनन्दले भोजपत्रमा त्रिपिटक लेख्नुुभयो। त्रिपिटकको प्रथम लिपि भोजपत्रमा अहिले पनि पटना संग्रालयमा ओरिजिनल कपी छंदैछ। त्यसैगरी ती भिक्षुहरु जसले त्यसलाई आत्मविश्वासका साथ फैलाए, शिष्यहरुको महत्व त्यहाँ हुन्छ, जसले समर्थन गरेर मात्रै बसेनन्, सक्रियताका साथ बुद्धका शिक्षाहरु विस्तार गर्ने कुरामा सम्पूर्ण जिन्दगी खर्चिए, आफ्ना अनुुयायीहरु बनाए र बुद्धका शान्ति, करुणा, प्रेमजस्ता कुराहरु फैलाउने काम गरे। दुनियाँमा हिंसा नहोस्, मानिसभित्र निर्ममता, हिंसा, क्रोध, आक्रोस आदि प्रवृत्तिहरु नआउन्। मैत्रीभाव र करुणाको प्रवृत्ति मानिसहरुभित्र आओस् भनेर कोसिस गरे। ती शिष्यहरु धन्यवादका पात्र छन्। त्यसपछि लगभग तीन सय वर्षपछि सम्राट अशोकले बुद्धधर्म, बुद्धधर्मको विस्तार र यो ठाउँमा आफैँ भ्रमण गरेर यो ठाउँ नै बुद्ध जन्मिएको स्थल हो भनेर पहिल्याएर, प्रमाणहरु अगाडि राखेर एउटा शिलापत्र उहाँले यहाँ खडा गर्नुभयो। तीन बुद्धको ३० किलोमिटरको क्षेत्रफलभित्र तीन बुद्धको जन्मस्थान यहीं वरिपरी पर्दछ। यो उहाँले त्यो शिलापत्र राखेको कति ठूलो महत्व भयो, पछि त्यसलाई एकजना राणा शासकले पुरिएको चिज छ अरे भन्ने सुनेर उनले पुरिएको चिजलाई उत्खनन् गर्न खोजे र बुद्धको जन्मथलो रहेछ भने। तर, त्यति बेला खासै केही कामहरु भएन। राजा महेन्द्र हेर्न आए। बुद्धको जन्मथलो रहेछ भनेर एउटा मन्दिर बनाए, मायादेवी मन्दिरको छेउमा। म धन्यवाद भन्न चाहन्छुु, संयुक्त राष्ट्र संघका उथान्त १९६९ मा नेपाल आउनुुभयो र उहाँले यस ठाउँको अवस्था देखेर यसलाई उद्दार गर्नुपर्छ भनेर महासचिवको हैसियतले संयुक्त राष्ट्र संघमा प्रस्ताव राखेर सुरुमा १३ वटा देशको लुम्बिनी उथान्त समूह निर्माण गरेर अगाडि बढाउने काम भयो। त्यस बीचमा चिनियाँ यात्री ह्वेनसाङ्जस्ता भिक्षुहरु आएर यस ठाउँमा फेरि प्रमाणित गरेर गए। यो अशोकभन्दा ८ सय वर्षपछिको कुरा थियो। तर, त्यस बेला एकीकृत राज्यहरु थिएनन्। भारत लगभग छ/सात राज्यमा बाँडिएको थियो। नेपाल पनि ससाना टुक्राहरुमा बाँडिएको थियो। एकीकृत राष्ट्र निर्माण भइसकेको थिएन। जेहोस्, बुद्धको जन्मथलो र यसको विकासका लागि योगदान गर्ने महानुुभावहरु प्रति यस अवसरमा आभार व्यक्त गर्न चाहन्छु। जापानी वास्तुविद् प्राध्यापक केन्जो टांगे, जसलाई संयुक्त राष्ट संघले जिम्मेवारी दियो लुम्बिनीको गुुरुयोजना निर्माण गर्न। उहाँले छ वर्ष लगाएर यस ठाउँको गुुरुयोजना निर्माण गर्नुभयो। आज हामी अनतिक्रमित यस गुरुयोजना क्षेत्रभित्र यी कार्यक्रमहरु गरिरहेका छौं। त्यसलाई पूरा गर्न बाँकी छ। अहिले सरकारको जोड यहाँको गुरुयोजनाअनुसार यसलाई सकेसम्म छिटै पूरा गर्ने हाम्रो प्रयास रहेको छ। म सबैलाई निवेदन गर्न चाहन्छु। यस पटक अनुवादको पनि व्यवस्था छैन, अगाडि बस्नेले पनि सुन्नु हुन्न, धेरै नेपालीभाषीहरु अगाडि हुनुहुन्छ। अरु भाषाका साथीहरुलाई अनुवादको सुविधा छैन। अर्को वर्ष अनुवादको सुविधा आदि सबै प्रबन्ध गर्नु पर्ने मलाई लागेको छ र त्यो प्रबन्ध हुनेछ। लुम्बिनी विकास कोषलाई म यतापट्टि विशेष ध्यानाकर्षण गर्न चाहन्छु कि सम्मेलनको प्रबन्धलाई अझ बढी सुव्यवस्थित गरियोस् र केही प्रमुख भाषाहरुको अनुवादको समेत प्रबन्ध गरियोस्। त्यसका लागि पनि ध्यान दिन जरुरी छ भन्ने म ठान्छु।
बुद्धका उपदेशहरु हुन्। ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुभएको छ। ती विश्वका लागि महत्वपूर्ण छन्। झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ। हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस्। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं, उहाँहरुसँग पनि कुरा गर्‍यौं। नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ। अर्थात् बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ। आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ। यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो। यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनु पर्दछ र काम गर्नु पर्दछ। यस प्रशंगमा केही शताब्दिहरु बितेपछि बुद्धिजम् फैलिने क्रममा कतै पुग्यो र महायानको रुपमा रह्यो, कतै पुग्यो थेरवादको रुपमा रह्यो, कतै पुग्यो बज्रयानको रुपमा रह्यो। सबै यानका सानातिना भिन्नताहरु भए पनि मूल कुरा बुद्धका उपदेश हुन्, शान्तिका उपदेश हुन्, मानवतावादका उपदेश हुन् र करुणाका उपदेश हुन्। त्यसकारण मुख्य कुरा यसमा हामी जानु पर्दछ र डिफरेन्सेसमा होइन। बुद्धका मुख्य उपदेशहरु र आर्दशहरुलाई हामीले समाउनु पर्दछ। यस ठाउँको विकास, लुम्बिनी क्षेत्रको विकास, यसको वफरजोनको विकास यी सबै कुराहरुमा हामीले उपयुक्त ध्यान दिनुपर्छ। बुद्धका शिक्षा, उपदेशको विस्तारका लागि र तिनको अझ बढी व्यवस्थित बुझ्ने र बुझाउने प्रयासका लागि, खोज अध्ययन अनुसन्धानका लागि हामीले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरेका छौं। विश्वविद्यालयले बुद्धिजम्को सन्दर्भमा खोज अध्ययन र अनुसन्धानका ध्यान दिनेछ र यसमा महत्वपूर्ण योगदान पुुर्‍याउने छ भन्ने विश्वास लिएको छु।
हरेक कुरालाई डिस्ट्यान्सले कमजोर गर्छ। डिस्ट्यान्स, विक्यान्स एण्ड डाइलुट्स एभ्रिथिङ। ग्रयाभिटी, लाइट, साउण्ड, म्याग्नेटिजम एभ्रिथिङ एट डाइलुट्स एण्ड विक्यान्स एण्ड फाइनल्ली फिनिसेस्। बट द टिचिङ अफ लर्ड बुद्ध, आर स्टिल नट वान्ली भ्यालिड बट देआर साइण्डिङ मोर एण्ड देआर एट्याक्टिङ द पिपुल, एट्याक्टिङ द वोल्र्ड एण्ड दोज टिचिङ अफ लर्ड बुद्ध दे आर मोर भ्यालिड। मोर नेसिसिटी फर द टुडेज वल्र्ड।
डिस्ट्यान्स अफ टाइम, मोर देन ट्वान्टी सिक्स हण्डरेड इएरस्, टाइम्स डिस्ट्यान्स। द डिस्ट्यान्स कुड नट किल द टिचिङ अफ लर्ड बुद्ध। कुडनट विकन, कुडनट डाइलुट बट दे आर मोर स्ट्रोङगर, मोर ब्राइटर, मोर फ्रेस एण्ड मोर इफेक्टिभ देन इभरविफोर। अन दे आर नेसेसरी। देन इभरविफोर।
त्यसकारण म यस्तो विचार जसलाई टाइमको, समयको दूरीले समाप्त पार्न सकेन, त्यस्ता विचारहरुको महत्वलाई नमन गर्दै यस कार्यक्रमको आयोजनाका लागि आयोजक संस्थालाई धन्यवाद भन्दै सबैमा कुशल मंगल रहोस्, विश्वमा शान्ति छाओस्, भातृत्व, बन्धुुत्व छाओस् र विश्व करुणामय होस्।
भवतु सब्ब मंगलम !
धन्यवाद।




Leave a Reply

Your email address will not be published. Required fields are marked *