भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

मुम्बई(एजेन्सी) । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । कोहलीले टेस्ट क्रिकेट करियरमा निकै शानदार प्रदर्शन गरेका थिए ।

उनले १ सय २३ टेस्ट म्याच खेल्दा २ सय १० इनिङमा ४६ दशमलब ८५ को औसतले ९ हजार २ सय ३० रन बनाए । उनको सर्वाधिक स्कोर २५४(नटआउट) हो । उनले टेस्ट क्रिकेटमा ३० शतक बनाएका छन् भने ३१ अर्ध शतक उनको नाममा छ ।

कोहलीले आधिकारिक इन्स्टाग्राम एकाउण्टमा सन्यासको घोषणा गरेका हुन् । ‘मैले १४ वर्षअघि पहिलोपटक टेस्ट क्रिकेटका लागि ब्यागी ब्लू लगाएको थिएँ । इमान्दारिताका साथ भन्दा मैले कल्पना पनि गरेको थिइनँ कि यो टेस्ट फम्र्याटमा मेरो यात्रा यस्तो हुनेछ । यसले मलाई परीक्षण गर्यो, सुधार गर्यो र जिन्दगीभर सम्झने पाठ सिकायो’, उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘सेतो जर्सीमा खेल्नु व्यक्तिगत रुपमा मेरा लागि विशेष रह्यो । लामो दिन र साना क्षणहरु जसलाई कसैले पनि देख्न सक्दैन, तर सधैं तपाईंसँगै रहनेछन् । यो फम्र्याटबाट अलग्गिनु मेरो लागि सजिलो छैन, तर यो निर्णय मेरो लागि सही लागेको छ । मैले टेस्टलाई मसँग भएका सबै कुरा दिएँ, र यसले मलाई मैले सोचेभन्दा बढी दियो ।’

उनले यो खेलप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै टेस्टबाट अलग हुने निर्णय लिएको उल्लेख गरेका छन् ।

उनले हरेक समय मैदानमा रहने प्रति उनले आभार व्यक्त गरेका छन् । उनले अन्त्यमा लेखेका छन्, ‘म जहिल्यै आफ्नो टेस्ट करियरलाई खुशीका साथ हेर्नेछु ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *