पर्शुराम बस्नेतको नाम मोरङ ६बाट सिफारिस
मोरङ । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।
जिल्लाका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्दा केन्द्रले तोकेको मापदण्डभन्दा धेरै नाम पठाएका हुन् ।
एमाले मोरङ उपाध्यक्ष सागर थापाका अनुसार एमाले केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट अधिकतम ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिए अनुसार सिफारिस गर्न नसक्दा न्यूनतम ३ देखि अधिकतम १६ जनासम्मको नाम सिफारिस भएको छ ।
मोरङ क्षेत्र नम्बर १ बाट – कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भूपाल जिमीको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेलीका मेयर दिलीप अग्रवाल र नैनकला ओझा सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाल, बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, केदारप्रसाद गुरागाईं र प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीलगायत १६ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत र बाबुराम कार्कीसहित ९ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव र मझार आलमसहित ६ जनाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ६ बाट पूर्वमन्त्री लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी र यशोदा अधिकारीलगायतको नाम सिफारिस भएको छ ।


Facebook Comment