बस्नेतको अगुवाइमा एमाले मोरङले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । नेकपा एमाले मोरङले सरकारको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पढाएका छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पर्शुराम बस्नेतको अगुवाइ र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ युवराज कटेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

र्‍यालीको अगुवाइ गरेका बस्नेतले अस‌ंवैधानिक सरकार र असंवैधानिक प्रतिशोधी कदमविरुद्ध एमाले सशक्त उभिने बताए । उनले भने, ‘सरकारका गलत कदमका विरुद्धमा, संविधानको रक्षाका पक्षमा, संसद् पुनर्स्थापनाको पक्षमा र भदौ २३ र २४ गते भएको हिंसा गराउने अपराधिहरूलाई यथाशीघ्र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।’
बस्नेतकै अगुवाइमा नेकपा एमाले मोरङ र सम्बद्ध सबै जन संगठन सहभागितामा सरकारको खबरदारी गरिएको बस्नेतले बताए ।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *