काठमाडौं— जी–सेभेन देशहरूले भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् ।

दुई देशबीच तनाव बढिरहेको बेला जी–सेभेन देशहरूले दुवैलाई संयम बन्न र कूटनीतिक समाधान खोज्न अपिल गरेका हुन् । शान्तिका लागि एकआपसमा वार्ता र समझदारी कायम गर्न जी–सेभेनको जोड छ ।

अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतले जम्मू–कश्मीरको पहलगाममा गएको अप्रिल २२ तारिखमा पर्यटकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले सैन्य तनाव क्षेत्रीय स्थायित्वका लागि गम्भीर खतरा रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।

भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले जवाफी कारबाही थालेको छ । पाकिस्तानी सेनाले भारतविरुद्ध बदला लिने उद्देश्यले प्रतिआक्रमण शुरू गरेको बताएको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभागले यसलाई ‘बुनयान–उल–मरसूस’ को नाम दिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *