प्रहरीका असईले गरे चार वर्षे छोराको ह*त्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले आफ्नै चार महिने छोराको हत्या गरेको घटनाले गम्भीर सनसनी मच्चाएको छ । छोराको हत्या आरोपमा असई पुष्कर कार्की लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार हत्या गरेर फरार रहेका कार्कीलाई नागढुंगाबाट पक्राउ गरी परिसरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट आइतबार दिउँसो सिनामंगलस्थित आफ्नै डेरा कोठामा घाँटी थिचेर छोराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्रेन ट्युमरको उपचार गराइरहेका चार महिने छोराको उपचारको विषयमा पुष्कर र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद भएको थियो । विवादकै क्रममा कार्कीले छोराको ज्यान लिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

पुष्करकी श्रीमती कृष्णा कुँवर पनि नेपाल प्रहरीकी जवान हुन् । दुवै जना काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनाका क्रममा पुष्करले श्रीमतीलाई समेत कुटपिट गरी घाइते बनाएको बताइएको छ । घाइते कृष्णालाई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *