शंकर पोखरेल भन्छन्: बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक छ
काठमाडौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन् ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११ औ राष्ट्रिय महाधिबेशन जनपरिचालन भेलालाई बिहीबार सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौति भएकोले त्यसलाई सामाना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए ।
‘अहिलेका चुनौतिलाई सामना गरेर अनुकुल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरु फेरि प्रतिस्पर्धा गरौला,’ उनले भने, ‘तर अहिलेको समय चुनौतिलाई सामाना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ ।’ महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरुलाई प्रतिस्पर्धा खुला रहेको समेत बताए ।
उनले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताए । उनले पार्टीमा आएका जति पनि संकटलाई पार्टीको कार्यकर्ता पंक्तिले समाधान गर्ने बताए । उनले भने, ‘संकट आउदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ । तर जति तल तह आयो त्यो संकट समाधान हुन्छ।’
महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौती समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताए । उपत्यका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताए ।


Facebook Comment