काठमाडौं— ८०औं विजय दिवसको अवसरमा विश्व युवा महासंघ (WYF) अन्तर्गतको राष्ट्रिय तयारी समिति नेपाल (NPC Nepal) ले वीर सैनिकहरूको सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। नाजीवादविरुद्धको ऐतिहासिक विजयको सम्झनामा आयोजित उक्त कार्यक्रममा मानवजातिको शान्तिका लागि ज्यान अर्पण गरेका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरियो।

रूसी राजदूतावास, नेपालस्थित स्मृति स्तम्भमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा न्यू सुम्निमा अलेक्जेन्डर नेभस्की स्कुलका विद्यार्थीहरू गरी करिब ८० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि WYF NPC नेपालका अध्यक्ष कमरेड सम्राट गौचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि एकजना ऐक्यबद्धता र सम्मानको पत्र रूसी राजदूतावासमा हस्तान्तरण गरे । पत्रमा नाजी शक्तिमाथिको ऐतिहासिक विजयप्रति शुभकामना व्यक्त गर्दै उक्त विजयले न्याय र शान्तिको निम्ति निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

यसै अवसरमा अध्यक्ष गौचनले रुसको विदेश मन्त्रालय अन्तर्गत युवा कूटनीतिज्ञहरूको परिषद्लाई समेत ऐक्यबद्धताको पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा लोकप्रिय पात्र चेबुरास्काको पनि विशेष उपस्थिति रहेको थियो। उपस्थित सहभागीहरूले शान्तिका लागि लड्ने वीर योद्धाहरूको सम्मानमा पुष्प अर्पण गर्दै विश्वभर मानवता र शान्तिको सन्देश फैलाउने प्रतिबद्धता जनाएका थिए।

\




Leave a Reply

Your email address will not be published. Required fields are marked *