एमालेका परिकल्पना र योजना जेन-जी पुस्तालाई नै हुन: नेता गिरी
पर्वत । एमालेका केन्द्रीय सदस्य पदम गिरीले नेकपा एमालेले अघि सारेको सम्वृद्धिका योजना जेन-जी पुस्ताका लागि भएको बताएका छन् । उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा जेन-जी कै लागि एमालेले तयार षपारेको बताए ।
एमाले कुश्मा नगर कमिटिले आयोजना गरेको मोटरसाइकल र्याली पछिको कोण सभालाई सम्बोधन गर्दै गिरीले देश सम्बृद्ध हुँदा आउने पुस्ताले नै त्यसको फाइदा लिने बताए ।
गिरीले सम्बृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार केपी ओलीविरुद्ध अहिले चौतर्फी घेराबन्दी भएको बताउँदै त्यसको सामना गर्ने दावी गरे ।
रेलमार्ग, सुरुङ मार्ग, खानी उत्खनननको सपना केपी ओली र सिंङगो एमालेले अघि सारेको सम्बृद्धिका आयोजना भएको गिरीको भनाई छ ।
भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूतिका लागि जेन-जी उमेर समूहले गरेको आन्दोलन आगजनी, लुटपाटका लागि नभएको गिरीको भनाई छ ।
लुटिएका हतियारहरु फिर्ता नभएको बताउँदै उनले वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन भन्दा पनि बिगार्न लागेको आरोप लगाए । सरकारका निर्णयले नै निर्वाचन हुन नसक्ने गिरीको भनाइ छ।


Facebook Comment