ओली राष्ट्रवादी भएकाले चौतर्फी आक्रमण भयो: नेता गिरी

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरीले केपी ओली राष्ट्रबादी नेता भएकै कारण चौतर्फी आक्रमण भएको आरोप लगाएका छन् ।

मोदी गाउँपालिकाको गाउँ कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले राष्ट्रियताको पक्षमा खरो उत्रँदा प्रधानमन्त्री भएको बेला एमाले अध्यक्ष ओलीमाथि चौतर्फी आक्रमण भएको बताए ।

राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दा भारत, चीन र अमेरिका पनि खुशी नभएको बेला आन्तरिक शक्तिले समेत ओलीको विरोध गरिरहेको आरोप गिरीको छ ।

उमेर समूहले जायज माग राखेको बेला देशमा अराजकता मच्चाउने शक्ति केन्द्रले देशलाई अस्तब्यस्त बनाएको बताउँदै गिरीले देशलाई सही निकास दिन एमाले नै निर्णायक शक्ति हुने दावी गरे । देशमा भईरहेको कुशासनको अन्त्य हुनुपर्ने बताउँदै उनले सुशासनको पक्षमा भएको आन्दोलनलाई जवरजस्ती अन्तै मोडिएको बताए ।

भ्रष्टाचारको अन्त्यको आवाज उठाएका युवा पुस्ताकोको मागमा एमालेको समेत समर्थन रहेको भन्दै गिरीले सबै मिलेर देशलाई भ्रष्टाचारसहित बनाउनुपर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *