एनआइसी एशिया बैंकको सिइओमा सुजित कुमार शाक्य नियुक्त, ३० दिनभित्र सम्हाल्ने जिम्मेवारी
काठमाडौं । एनआइसी एशिया बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले सुजित कुमार शाक्यलाई रिक्त सिइओ पदमा नियुक्त गरेको हो।
बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत एक सूचना जारी गर्दै शाक्यसँग भएको समझदारी अनुसार उनले आगामी ३० दिनभित्र पदभार ग्रहण गर्ने जानकारी दिएको छ।
यसअघि सिइओ रोशन कुमार न्यौपानेले राजीनामा दिएपछि, बैंकले सन्तोष कुमार राठीलाई निमित्त सिइओको जिम्मेवारी दिएको थियो। अब शाक्यले स्थायी रूपमा नेतृत्व सम्हाल्ने भएका छन्।
एनआइसी एशिया बैंकले शाक्यको नेतृत्वमा संस्थागत शासन, डिजिटल बैंकिङ विस्तार र सेवा गुणस्तरमा थप सुधार हुने विश्वास व्यक्त गरेको छ।



Facebook Comment