देशभरका प्रमुख शहरमा ‘मन बिनाको धन’को आक्रमक प्रचार

काठमाडौं । कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो।

राजधानी काठमाडौंसहित देशका प्रमुख शहर पोखरा, चितवन, नेपालगन्ज,  इटहरीलगायत पूर्वमा ईरिक्साका साथै अटोमा ‘मन बिनाको धन’ मय भएको छ । जताततै अटोमा ‘मन बिनाको धन’का फ्लेक्स झुण्डिएका छ। यस्तै देशका मुख्यमुख्य शहरमा चलचित्रका ठुला ठुला  होडिङ बोर्ड लगायर फिल्मको प्रचारप्रसार गरिएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक टंक बुढाथोकीले ‘मन बिनाको धन’ एउटा चलचित्र मात्रै नभए अभियान भएको बताउदै देशैभरि चलचित्रको व्यापक प्रचारप्रसार सुरु गरेका छौ र तिहार लगतै चलचित्रको ट्रेलर र गीतहरु सार्वजनिक गर्ने जानकारी दिए ।

बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोककै पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’चलचित्रलाई  टंक बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । यस्तै जीपी संग्रौला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्माता छन् ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । चलचित्रलाई  एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *