काठमाडौंको होटलमा रुकुमका विद्यालय प्रिन्सिपल मृत फेला
काठमाडौं । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–५ बागबजारका सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन काठमाडौंको सुन्धारास्थित एक होटलमा मृत अवस्थामा फेला परेका छन्।
पुन मंगलबार बिहान सुन्धारास्थित रोयल थकाली होटलमा मृत भेटिएका हुन्। बिहान लामो समयसम्म नउठेपछि होटलका कर्मचारीले कोठामा हेर्दा उनी मृत अवस्थामा फेला परेको र त्यसपछि तत्काल परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।
उच्च रक्तचापका कारण स्वास्थ्य समस्या भोग्दै आएका पुनको निधन त्यही कारणले भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१० बाछिगाउँ निवासी पुन लामो समयदेखि रुकुम पश्चिममा शैक्षिक क्षेत्रमा संलग्न थिए।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।
Facebook Comment