राम नाम सत्यमा सुशील

काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो ड्रिम प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ ।

यो फिल्ममा नायक विराज भट्ट फाइनल भइसकेका छन् । फिल्ममा विराजको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । विराजपछि फिल्ममा नायक सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले वुधबार कागजी संझौता गरेको छ ।

फिल्मको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ ।

फिल्मका लागि अब नायिका र केही कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन केही महिनामै गर्ने तयारी निर्माणपक्षको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *