कांग्रेस पूर्व पदाधिकारी बैठक आज पनि जारी
काठमाडौं । नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज (शुक्रबार) पनि जारी रहने भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा सहभागीहरूले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना तथा पछिल्ला घटनाक्रमका विषयमा केन्द्रित भएर आफ्ना धारणा प्रस्तुत गर्दै आएका छन् ।
‘मुलभूत रूपमा अहिले देशमा देखिएको घटनाक्रमले नयाँ चुनौती उत्पन्न गरेको छ,’ प्रवक्ता महतले भने, ‘यो परिस्थितिबाट कसरी अगाडि बढ्ने, सकारात्मक र आत्मविश्वासी वातावरण कसरी विकास गर्ने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे बैठकमा छलफल भइरहेको छ ।’
Facebook Comment