अविरल वर्षापछिको बाढीपहिरोले इलामा मात्रै १८ को मृत्यु

इलाम । लगातारको वर्षापछि इलामसहित देशभरको जनजीवन प्रभावित बनेको छ । सबैभन्दा धेरै मानवीय क्षति इलाममा भएको छ ।

इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको ज्यान गएको छ । सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।
त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनीका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *