तीन गेट र पर्खाल भत्काएर ४४० कैदी फरार, प्रहरीले २५९ जनालाई फर्कायो

काठमाडौं । जेनजी आन्दोलनकै क्रममा भदौ २४ गते राति भीमफेदीस्थित क्षेत्रीय कारागारबाट सामूहिक रूपमा फरार भएका कैदीबन्दीमध्ये अहिलेसम्म २५९ जना पुनः कारागार फर्किएका छन्।

कारागार प्रमुख सुवास पौडेलका अनुसार भागेकामध्ये ६८ जना आफैं फर्किए भने बाँकीलाई सुरक्षाकर्मीले विभिन्न स्थानबाट पक्राउ गरी कारागार ल्याइएको हो। भीमफेदी कारागारबाट मात्रै १९८ जना पुनः नियन्त्रणमा आएका छन्।

गत भदौ २४ गते राति करिब १ बजे तीनवटा गेट फुटाएर पश्चिमतर्फको पर्खाल भत्काई ४४० जना कैदीबन्दी फरार भएका थिए। त्यस क्रममा (क) ब्लकबाट २६० र अर्को ब्लकबाट १८० जना निस्किएका थिए।

फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले निरन्तर खोजीकार्य अघि बढाइरहेका छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार अझै २४२ जना कैदीबन्दी फरार रहेका छन् र उनीहरूको खोजी तीव्र पारिएको छ।

मुख्य तथ्यांक

भागेका कैदीबन्दी: ४४०

फर्किएका: २५९ (६८ आफैं फर्किएका, बाँकी पक्राउ परेका)

अझै फरार: २४२




Leave a Reply

Your email address will not be published. Required fields are marked *