सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ संग्रामपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।
गएराति संग्रामपुर–बाँके सडकखण्डमा भारतीय बीआर.३० एई ८२२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६८ वर्षीय गजेन्द्र सिंह गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक सर्लाहीकै पर्सा गाउँपालिका–५ का अन्दाजी २४ वर्षीय सरवनकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comment