उन्नी मुकुन्दन ‘माँ वन्दे’मा निभाउँदैछन् भारतीय प्रधानमन्त्री मोदीको भूमिकामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन र संघर्ष झल्कने गरी बायोपिक बन्ने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिनका दिन बायोपिकको पोस्टर सार्वजनिक गरिएको हो ।

मोदीको जन्मदिनमा सिल्भर कास्ट क्रिएसन्सले उनको बायोपिक फिल्म ‘माँ वन्दे’ निर्माणको घोषणा गरेको हो । यो फिल्ममा मलायमल फिल्मका सुपरस्टार उन्नी मुकुन्दनले मोदीको भूमिका निर्वाह गर्नेछन् । निर्माताले यो फिल्मले अन्तर्राष्ट्रिय मापदण्ड र अत्याधुनिक भीएफएक्ससहित बन्ने जनाएका छन् ।

यो बायोपिकले मोदीको ‘बाल्यकालदेखि राष्ट्रको नेता बन्नेसम्मको यात्रालाई समेट्ने जनाइएको छ । विशेष गरि, उनकी स्वर्गीय आमा हीराबेन मोदीसँगक उनको सम्बन्धमा जोड दिनेछ । यो क्षणलाई मोदीको यात्राभरि प्रेरणाको एक अनुपम स्रोत भनेर वर्णन गरिएको छ ।

मुकुन्दन मलयालम फिल्म ‘मार्को’ र ‘गरुदन’ जस्ता एक्सन फिल्ममा आफ्नो कामका लागि परिचित छन् । क्रान्ति कुमार सीएचले यो फिल्मको लेखन तथा निर्देशन गर्नेछन् ।

यो फिल्मको निर्माण वीर रेड्डी एमले सिल्भर कास्ट क्रिएशन्सको ब्यानरमा गर्नेछन् । अंग्रेजीसहितका धेरै भाषामा यो फिल्म निर्माण गर्ने बताइएको छ । सन् २०१९ मा पनि मोदीको बायोपिक फिल्म रिलिज भएको थियो जहाँ विवेक ओबरोयले मोदीको भूमिका निर्वाह गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *