असोज ६ देखि दसैँसम्म रुट परमिट खुला, बसपार्कमा यात्रुको घुइँचो
काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा विजयादशमी र तिहार नजिकिँदै गर्दा यात्रुको घुइँचो बढ्न थालेको छ। भदौ २३ र २४ गते ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र क्याम्पसहरू बन्द हुँदा विद्यार्थीहरू गृहजिल्ला फर्किन थालेका थिए।
नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुखका अनुसार, दैनिक चार–पाँच हजार रहेको यात्रु संख्यामा अहिले बढेर १२–१५ हजार पुगेको छ। जेनजीको प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपत्यका छोडेर गृहजिल्ला जानेको संख्या ६५ हजारभन्दा बढी पुगेको उनले जानकारी दिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्षले भने, नयाँ बसपार्कमा अहिलेदेखि नै यात्रुको भीड बढ्न थालेकोले यसवर्ष दसैँको समयमा गृहजिल्ला जाने यात्रुको संख्या अपेक्षितभन्दा बढी हुन सक्ने बताएका छन्।
हाल नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात सञ्चालन भइरहेका छन्। सरकारले दसैँको समयमा सार्वजनिक यातायात व्यवस्थित गर्न असोज ६ (घटस्थापना) देखि असोज २२ सम्म देशभर रुट परमिट खुला गरेको छ।
Facebook Comment