जेनजी आन्दोलनमा प्रहरीको गोलीमा शहीद भएका प्रविन कुलुङको अन्तिम यात्राको तयारी

काठमाडौं । जेनजी समूहको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका २१ वर्षीय प्रविन कुलुङको शव बुधबार नेपाली सेनाको हेलिकोप्टरमार्फत् जिल्ला ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार जिल्ला ल्याइएका शवलाई श्रद्धाञ्जलीका लागि गाउँपालिका केन्द्र ताम्कुमा राखिएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर शहीद प्रविन कुलुङको सम्मान गरे। श्रद्धाञ्जलीपछि शव मृतकका परिवारजनलाई हस्तान्तरण गरिएको छ।

कुलुङ बालकिशोर कुलुङका तीन भाइमध्ये माइला हुन्। उनको अन्त्येष्टि सिलिचोङ–३ स्थित लकुवामा पारंपरिक जातीय संस्कारअनुसार गरिनेछ।

सरकारले भदौ २३–२४ गते काठमाडौंसहित देशभर जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको छ। सम्मानस्वरूप बुधबार सार्वजनिक बिदा पनि घोषणा गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *