लियोन्ससँगको अन्तरवार्तामा ट्रम्पको कडा प्रतिक्रिया

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक अस्ट्रेलियाली पत्रकारसँग वाकयुद्धमा उत्रिएका छन्। व्यापार सम्झौताबारे उठाइएको प्रश्नलाई लिएर ट्रम्प पत्रकारमाथि भड्किएका हुन्।

अस्ट्रेलियाली प्रसारण निगम (एबीसी)का पत्रकार जोन लियोन्सले ट्रम्पलाई दोस्रो कार्यकाल सुरु भएयता कति सम्पत्ति कमाउनुभयो भन्ने प्रश्न सोधेका थिए। त्यसको जवाफमा ट्रम्पले आफूलाई ठ्याक्कै थाहा नभएको बताए। उनले पारिवारिक व्यवसाय हाल आफ्ना छोराछोरीले व्यवस्थापन गरिरहेको पनि स्पष्ट पारे।

तर, ट्रम्पले पत्रकारलाई अस्ट्रेलियालाई चोट पुर्‍याइरहेको आरोप लगाए। उनले भने, “मेरो विचारमा तपाईं अहिले अस्ट्रेलियालाई धेरै चोट पुर्‍याइरहनुभएको छ। अस्ट्रेलियाले मसँग राम्रो सम्बन्ध चाहन्छ।”

आफूले चाँडै अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेट्ने उल्लेख गर्दै ट्रम्पले लियोन्सबारे जानकारी दिने चेतावनी समेत दिए। अर्को प्रश्न राख्ने प्रयास गर्दा ट्रम्पले औँला ओठमा राख्दै “चुप लाग्नुहोस्” भन्दै अर्को पत्रकारतिर ध्यान दिएका थिए।

पत्रकार लियोन्सले भने आफ्ना प्रश्नहरू वैध र अनुसन्धानमा आधारित भएको दाबी गर्दै, कुनै अपमानजनक ढंगमा सोधिएको नरहेको प्रतिक्रिया दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *