प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच बिहीबार फोनवार्ता हुने

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी बिहीबार बिहान साढे ११ बजे फोनवार्ता हुने भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, मंगलबारमै वार्ता गर्ने तयारी भएपनि अन्तिम समयमा तालिका परिवर्तन भई बिहीबारका लागि तय गरिएको हो । एक उच्च स्रोतले भने, ‘भोलि शोकबिदा दिइएको छ, त्यसैले पर्सि बिहान साढे ११ बजे वार्ता हुने सम्भावना पक्का भएको छ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । पदभार ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत कार्कीलाई बधाई दिँदै उनलाई महिला सशक्तीकरणको प्रेरक उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा समेत कार्कीको नेतृत्वलाई नेपालको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण कदमका रूपमा उल्लेख गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *