हुम्लाको सर्केगाड र चंखेलीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सुदूरवर्ती क्षेत्र सर्केगाड गाउँपालिका–१ मा मंगलबारदेखि टूजीसँगै फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

फोरजी सेवा प्रारम्भ भएपछि सर्केगाड गाउँपालिकाका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमका स्थानीयवासीले गुणस्तरीय दूरसञ्चार सेवाबाट लाभ लिन थालेको टेलिकमले जनाएको छ ।

यसअघि गत शुक्रबारदेखि हुम्लाकै चंखेली गाउँपालिका–६ मा पनि टूजी र फोरजी सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।

चंखेली गाउँपालिकाका वडा नं. ४, ५ र ६ मा पर्ने बरैहीगाउँ, सरु गाउँ, देउली, निमिगाउँ र वरिपरिका बस्तीहरूमा फोरजी सेवा उपलब्ध भएपछि स्थानीयवासी आधुनिक दूरसञ्चार सुविधाबाट लाभान्वित भएको टेलिकमको दाबी छ ।

नेपाल टेलिकमका अनुसार देशका दुर्गम भूभागसम्म द्रुतगति इन्टरनेट सेवा विस्तार गर्दै डिजिटल पहुँचलाई सुदृढ बनाउने अभियान अन्तर्गत फोरजी सेवा विस्तारलाई तीव्रता दिइएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *