चितवन कारागारबाट फरार ७४० मध्ये २३५ कैदी फर्किए

काठमाडौं  । चितवन कारागार कार्यालयबाट गत बिहीबार फरार भएका कैदीबन्दीमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन् ।

कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार फरारमध्ये महिलातर्फ ४६ मध्ये २७ जना फर्किएका छन् । त्यस्तै चार जना भैरहवा कारागार र एक जना दमौली कारागारमा सम्पर्कमा आएका छन् । साथै अन्य कारागारबाट १४ जना कैदीबन्दी पनि चितवन कारागारमा उपस्थित भएका छन् ।

ढुङ्गानाले भने, ‘बिहीबार बिहान करिब ७४० जना कैदी फरार भएका थिए । हालसम्म २३५ जना फर्किसकेका छन्, बाँकी पनि क्रमशः सम्पर्कमा आउँदै छन् ’।

उनका अनुसार धेरैजना टाढा भएका कारण कारागारमा फर्किन केही समय लाग्ने बताएका छन् । हाल करिब ५० जना कैदी अझै सम्पर्कमा आइसकेका छैनन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *