जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत दिइने
काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।
आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।
उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
Facebook Comment