जेनजी आन्दोलनपछिको अवरोध अन्त्य, सोमबारदेखि काठमाडौंका विद्यालय खुल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्सि (सोमबार) बाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनका कारण बन्द भएका विद्यालयहरू अब पुनः सञ्चालनमा आउने भएका हुन्।
महानगरका अनुसार शिक्षक तथा कर्मचारीलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित भई प्रशासनिक कार्य तथा सरसफाई गर्ने व्यवस्था मिलाइएको छ। साथै विद्यालयमा कुनै क्षति भएको भए तत्काल महानगरलाई विवरण उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
निर्णयमा भनिएको छ, “विद्यार्थीका अभिभावकसँग सम्पर्क गरी अवस्था बुझ्ने, अवस्था सामान्य नभएसम्म बालबालिकालाई विद्यालयमा ल्याउन–लैजान अनुरोध गर्ने व्यवस्था मिलाइनेछ।”
त्यस्तै, अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत अध्ययनमा सहभागी गराइने महानगरपालिकाले जनाएको छ।
Facebook Comment