चोरी काण्डमा संलग्न शिक्षक बर्खास्त
काठमाडौं । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले चोरी आरोपमा एक शिक्षकलाई बर्खास्त गरेको छ।
विद्यालयले जारी गरेको विज्ञप्ति अनुसार, शिक्षक शिवशङ्कर शुक्लालाई आजैदेखि प्रभावकारी हुनेगरी पदमुक्त गरिएको हो।
जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा उनी चोरी गर्दै गरेको दृश्य सार्वजनिक भएपछि विद्यालयले तत्काल कारबाही गरेको जनाएको छ।
प्रधानाध्यापक दिनेश थापाले जारी गरेको विज्ञप्तिमा, शिक्षकको अनुशासनहीन गतिविधि स्वीकार्य नहुने र विद्यालयको प्रतिष्ठामा आँच आउने भएकाले बर्खास्त गरिएको उल्लेख छ।
Facebook Comment