झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । झापामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–२ का ६० वर्षीय सोमनाथ दंगाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शुक्रबार साँझ साढे ७ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई–७ स्थित बिरिङ पुल नजिक बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक ३८ वर्षीय दिनेश कुमार थपलिया र सोही मोटरसाइकलमा सवार दंगाल घाइते भएका थिए। दुवै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो। प्रहरीका अनुसार आज बिहान ६ बजे उपचारको क्रममा दंगालको निधन भएको छ।
Facebook Comment