नयाँ सरकार गठनसँगै देशभर शान्ति र जनजीवन सामान्य बन्दै
काठमाडौं । नयाँ सरकार गठन भएयता देशभरको जनजीवन पुनः सामान्य बन्दै गएको छ। केही दिनअघि मुलुकका विभिन्न क्षेत्रमा लागू गरिएको कर्फ्यू र निषेधाज्ञा अब क्रमश खुकुलो हुदै गएको छ।
जनताले पुनः आफ्ना पेशा, व्यवसाय र दैनिक गतिविधिमा संलग्न हुन थालेका छन्। युवापुस्तासहित सम्पूर्ण नागरिकमा खुसी र उत्साहको वातावरण व्याप्त छ। मुलुकको शान्ति सुरक्षा स्थिति पनि सामान्य हुदै गएको छ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो।
सरकारले आम नागरिकको चाहना अनुसार मुलुकमा शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ताको हस्तान्तरण गर्ने योजना बनाएको छ।
Facebook Comment