काठमाडौं । बायर लेभरकुजनले जर्मन बुन्डेसलिगामा नयाँ सिजनको पहिलो जित निकाल्दै आत्मविश्वास बढाएको छ। शुक्रबार राति भएको खेलमा उसले लयमा रहेको इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–१ ले पराजित गर्यो।
यस जितसँगै लेभरकुजनले तीन खेलबाट चार अंक जोडेको छ भने फ्रान्कफर्टले पहिलो हार व्यहोरे पनि छ अंकसहित तालिकाको तेस्रो स्थान कायम राखेको छ।
लेभरकुजनका लागि एलेहान्द्रो ग्रिमाल्डो नायक बने। उनले दुई गोल फ्रि–किकमार्फत गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। यो जितसँगै नयाँ प्रशिक्षक कास्पर ह्युलमन्डले विजयी सुरुआत गरेका छन्। लेभरकुजनले यसअघि प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो।
खेलको अन्त्यतिर नौ खेलाडीमा सीमित भए पनि लेभरकुजनले परिणाम आफ्नो पक्षमा सुरक्षित राख्न सफल भयो।
शुक्रबार युरोपका अन्य खेलहरूमा स्पेनी ला लिगामा सेभिया र एल्चेले २–२ को बराबरी खेले भने फ्रान्सेली लिग वानमा मार्सेले लोरेन्टलाई ४–० ले हराएको छ।
Facebook Comment