आज देशभर साधारण बदली, कोशी–गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशभर मौसम बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुन सक्ने देखिएको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य पहाड र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले वर्षासँगै पहिरो, बाढी र जलमग्नता जस्ता जोखिमका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।
Facebook Comment