असोज २ गतेसम्म सेयर कारोबार स्थगित
काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जनाएको छ।
आज सार्वजनिक सूचना जारी गर्दै नेप्सेले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार दोस्रो बजार कारोबार स्थगित गरिएको जानकारी दिएको हो।
Facebook Comment