राजेश पायलले जेन–जीसँग मागे सञ्चार–पर्यटन मन्त्रालय

काठमाडौं । गायक राजेश पायल राईले जेन–जी पुस्तालाई आफूलाई सञ्चार तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन्। अन्तरिम सरकारको चर्चा चलिरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीले आफूलाई नभनिएको भए पनि, आफू सञ्चार र पर्यटन सम्हाल्न सक्ने दाबी गरेका छन्।

पायलले पर्यटन र सङ्गीतको विकासबारे राम्रो जानकारी रहेको दाबी गर्दै, “असंभव केही छैन, आँट गर्दा सम्भव हुने काम सम्भव बनाउन तयार छु,” बताएका छन्।

साथै, उनले आफूले सबैभन्दा धेरै विदेश भ्रमण गरेको दाबी गर्दै, यदि कसैले विश्वास नगरे, पासपोर्ट हेरेर हेर्न सकिने उल्लेख गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *