राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ता हुँदै

काठमाडौं । जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एकमत भएसँगै अब त्रिपक्षीय वार्ता हुँदैछ । यो त्रिपक्षीय वार्ताले निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की छलफलमा जुट्दैछन् ।

राजनीतिक शुन्यताकाबीच हुन लागेको वार्तालाई चासोका साथ हेरिएको छ । सबै राजनीतिक दलले पनि बेग्लाबेग्लै अपीलसहित निकास निकाल्न आह्वान गरिरहेका छन् ।

जेनजी समूहबीच पनि अब हुने त्रिपक्षीय वार्ताले निकास निकाल्ने अपेक्षा गरिएको छ ।

यो समूहमा राजावादीका रुपमा पछिल्लो समय चर्चा कमाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पनि उपस्थिति जनाउन थालेपछि भने जेनजी समूहले आपत्ति जनाएका छन् ।

जे हो यहाँ लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै सापेक्ष निर्णय हुने आशा नागरिक समाजको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *